काठमाडौं, साउन १२ । जापानमा आएको शक्तिशाली समुद्री आँधीका कारण जनजीवन प्रभावित भएको छ ।
१८० किलोमिटर प्रतिघन्टाको वेगमा आएको आँधीका कारण सयौं हवाई उडान रद्ध गरिएका छन् ।‘जोङदारी’ नाम दिइएको आँधीले होन्शु टापुमा भूस्खलनको खतरा बढेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
जापानको मौसम विभागले मानिसलाई घर छाड्ने तयारी गर्न सुचित गरेको छ ।
बाढी र गर्मीका कारण करिब ३०० जनाको मृत्यु भएको एक महिना नबित्दै जापान अर्को प्राकृतिक प्रकोपको मारमा परेको छ । जुलाईमा आएको भारी वर्षाका कारण ८० लाख मानिसले आफ्नो बासस्थान छाड्नुपरेको थियो । ९एजेन्सी०
No comments:
Post a Comment