साउन १२, रामेछाप । निर्माण सम्पन्न गरि जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण नगर्दै प्राथमिक स्वास्थ्य केन्द्र खिम्तीको करोडौं मूल्यको भवन पहिरोको उच्च जोखिममा परेको छ ।
लिखु तामाकोशी गाउँपालिका ६ खिम्तीमा रहेको भवन निर्माण गरेको धुकुछु सुनकोशी जेभीले भवन निर्माण सम्पन्न गरि चैत्र ३० गते भवन डिभिजन कार्यालय रामेछापलाई हस्तान्तरण गरेपनि जिल्ला स्वास्थ्य कार्यालयलाई हस्तान्तरण नगर्दै पहिरोको जोखिममा परेको हो ।
पहिरोले ३ करोड २९ लाख रुपैयाँको लागतमा निर्माण गरिएको भवनको अगाडिको २७ मिटर पर्खालमा क्षति पुर्याएको छ । भवनको आँगनमा रहेको भाग चिरिएको छ । भवन भएको दक्षिणतर्फको भागमा पानीको मूल फुटेकाले भवन झनैै असुरक्षित भएको हो ।
No comments:
Post a Comment