टिपर दुर्घटनामा मृत्यु भएका २० जनाकै शव पठाइयो पोखरा - Hamro Khabar

News

Manoranjan Fm 88.1

Post Top Ad

06 July 2018

टिपर दुर्घटनामा मृत्यु भएका २० जनाकै शव पठाइयो पोखरा

असार २३,  पर्वत ।  मुस्ताङमा भएको टिपर दुर्घटनामा परी मृत्यु भएका २० जनाको शव शनिबार बिहान पोखरा पठाइएको छ। 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार नेपाली सेनाको हेलिकोप्टरबाट शनिबार बिहान ७ः२५ बजे दुर्घटना स्थल स्याङबोचेमा रहेका १५ र जिल्ला अस्पताल जोमसोममा रहेका पाँचसहित २० शव पोखरा पठाइएको हो। दुर्घटनाका घाइतेहरुको उद्धार गर्ने क्रममा शुक्रबार रात परेपछि १५ जनाको शव घटनास्थलमा नै छाडिएको थियो।

 दुर्घटनामा परी घाइते भएकामध्ये सात जनालाई शुक्रबार साँझ नै सेना र एयर डाइनास्टिकको बिमानबाट उपचारका लागि पोखरा लगिएको थियो। दुर्घटनामा घाइतेमध्ये पाँच जनाको भने जिल्ला अस्पताल मुस्ताङमा नै उपचार भैरहेको छ। दुर्घटनामा मृतक र घाइतेहरू सबै मुस्ताङबाहिरका भएकाले जिल्ला सुरक्षा समिति मुस्ताङले सबैलाई पोखरा लाने निर्णय गरेको हो।

 बेनी–जोमसोम–कोरला सडकखण्डको दमोदरकुण्ड गाउँपालिका–३ स्थित स्याङबोचेमा कालीगण्डकी करिडोर निर्माणमा काम गरिरहेका कामदाहरू बोकेको बा २ क २२१९ नम्बरको टिपर शुक्रबार दिउँसो २ बजे दुर्घटना भएको थियो।

No comments:

Post a Comment

post to add