२० असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले अनसनका भरमा स्वास्थ्य नीति बनाउन खोज्नु अधिनायकवादी शैली भएको बताएका छन् ।
बुधबार संसदलाई सम्बोधन गर्दै गृहमन्त्री बादलले डा। गोविन्द केसीलाई गिरफ्तार नगरिएको र विरोध गर्न रोक नलगाएको बताए । तर, लोकतन्त्रका नाममा जहाँ पनि विरोध प्रदर्शन गर्न र अनसन बस्न नपाइने बताए । उनले भने, ‘विरोध प्रदर्शन गर्ने अधिकारलाई कुण्ठित गरिएको छैन । अनसन बस्न पाइन्छ ।’
गृहमन्त्री थापाले अतिशंवेदनशील ठाउँहरु अस्पतालमा अनसन बस्न नमिल्ने बताए । उनले भने, तपाई अन्त गएर बस्न सक्नु हुन्न रु’जनताले विद्रोह र प्रतिगामीहरुले प्रतिविद्रोह गर्ने भन्दै उनले डा। केसीलाई विद्रोह गरको हो भनेर प्रश्न गरे ।
विद्रोह गर्न पाउने जनताको अधिकार भएको भन्दै नेकपाका नेता समेत रहेका गृहमन्त्री बादलले प्रश्न गरे, ‘के अहिले विद्रोह गर्न आश्वयक छ रु यो सरकार दलाल, राष्ट्रघातीको सरकार हो रु’
विद्रोह भए सरकारले सम्मान गर्ने तर, प्रतिविद्रोह भए कानुन विपरीत हुने उनले बताए ।
सरकार होइन, डा। केसीको शैली अधिनायकवादी
डा। केसीको मागबारे सरकारको कुनै अडान वा विमति नभएको तर, कस्तो स्वास्थ्य नीति बनाउने भन्ने अधिकार संसदको भएको बताए । उनले भने, ‘अब निर्वाचित सरकार आएको छ, सदन गठन भएको छ भने ती मुद्दाहरुलाई लोकतान्त्रिक तरिकाले हल गर्नुपर्छ । कि तपाईले सडकमा अनसन बसेर हल गर्ने रु
जनतिनिधिहरुले हल गर्ने हो कि सडकमा अनसन बसेर हल गर्ने रु कुन लोकतान्त्रिक तरिका हो रु
समस्याको समाधान सदनबाट गर्नुपर्ने भन्दै उनले भने, ‘अब विधेयक आउँदैछ, कस्तो स्वास्थ्य नीति भन्ने सदनले फैसला गर्ने हो । सडकमा कुनै विषयको समाधान हुन सक्दैन । यो लोकतान्त्रिक होइन, अधिनायकवादी तरिका हो ।’
सरकारले छिट्टै विधेयक ल्याउनुपर्ने डा। केसीले अनसन बस्न हतारो गरेको बताए । उनले भने, ‘अहिले पनि केही बिग्रिएको छैन । यसलाई अधिनायकवादी होइन, लोकतान्त्रिक तरिकाले हल गरौं । अल्पमतले होइन, बहुमतले निर्णय गरौं ।’
कोही पनि कानुन माथि हुन नसक्ने र कानुनमाथि हुन खोज्ने नै तानाशाह भएको बताए ।
गंगामायाको विषय राजनीतिक ढंगले हल हुन्छ
गृहमन्त्री थापाले छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आमरण अनशनमा बसेकी गंगामायाको अनशन देशलाई पुरानै अवस्थामा फर्काउने खेल त होइन भनी प्रश्न गरे ।
यस्ता विषयलाई राजनीतिक ढंगबाट हल गर्नुपर्ने भन्दै त्यसमा प्रमुख राजनीतिक दलहरु सहमत भइसकेको पनि बताए । ‘यो त निर्णय भइसकेको छ । यसलाई राजनीतिक ढंगले हल गर्नुपर्छ । यहाँ एउटा होइन १५र१७ हजार गंगामाया छन् ।
समस्या हल गर्दा १५र२० हजार गंगामायाको आशुलाई सम्भिmन जरुरी छ । त्यसलाई विशेष तरिकाले, लोकतान्त्रिक तरिकाले हल गर्नुपर्छ’ उनले भने ।
गंगामायाको विषयलाई अतिरञ्जित गरेर राजनीतिक अस्थिरता पैदा गर्न खोजिएको पनि उनले आरोप लगाए (अनलाइनखबर)।
No comments:
Post a Comment