साउन ५, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले डा। गोविन्द केसीको माग पुरा गर्नै पर्ने बताएकी छन् ।
आमरण अनसनरत डा। केसीको समर्थनमा शनिबार भएको प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै कार्कीले आफूहरु सरकार विरोधी नभएको बताए । वर्तमान सरकारलाई जनताले मत दिएको आफूलाई जानकारी रहेको भन्दै उनले भने, ‘तर, सरकारले पनि जनताले भनेको मान्नुपर्छ ।’
डा। केसीले जनताको भावना बोलेको भन्दै कार्कीले उनका माग पुरा गर्न आग्रह गरिन् । पूर्वप्रधानन्यायाधीश कार्कीले उनले भनिन्, ‘पुरा भएन भने देशमा आगो बल्छ ।’
सत्याग्रही डा। केसीलाई कहिले कांग्रेस त कहिले के भनेर आरोपित गर्ने गरिएको भन्दै उनले असन्तुष्टि जनाइन् । डा। केसी आफ्ना लागि नभई नेपाली जनताका लागि लडेको र उनले अमरत्व प्राप्त गरिसकेको कार्कीले बताइन् ।
Post Top Ad
Subscribe to:
Post Comments (Atom)
https://www.facebook.com/bizaan.shrestha.9
No comments:
Post a Comment