इन्जुरी टाइममा चुक्यो कोस्टारिका, ब्राजिलको पहिलो जित - Hamro Khabar

News

Manoranjan Fm 88.1

Post Top Ad

22 June 2018

इन्जुरी टाइममा चुक्यो कोस्टारिका, ब्राजिलको पहिलो जित

८ असार, काठमाडौं । पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको विश्वकप दाबेदार मानिएको ब्राजिलले शुक्रबार कोस्टारिकालाई खेलको अतिरिक्त समयमा गोल हानेर जितेको छ ।

ब्राजिलका लागि ९१ औं मिनेटमा कोउटिन्हो र ९७ औं मिनेटमा नेइमारले गोल गरेका हु्न् ।


कोस्टारिका स्वीट्जरल्याण्डले जस्तै ब्राजिललाई रोक्ने रणनीतिमा थियो जसमा अन्तिम समयमा गोल खाएर विफल हुन पुग्यो । यससँगै पहिलो खेलमा सर्बियासँग हारेको कोस्टारिका स्तब्ध
बनेको छ ।

ब्राजिलले प्रहार गरेका २० सटमा ९ सट पोस्टको दिशामा थिए । अन्तिम सयमसम्म कोस्टारिकाका गोलकिपर केलर नभासले उत्कृष्ट बचाउ गरेपनि कोउटिन्होलाई रोक्न सकेनन् ।

खेलमा ७१ प्रतिशत समय बल ब्राजिलको नियन्त्रणमा थियो । कोस्टारिकाले केही राम्रा मुभ बनाए पनि एउटै राम्रो सट प्रहार गर्न भने सकेन ।

No comments:

Post a Comment

post to add