एसईईको नतिजा आज प्रकाशित हुन्छ:- परीक्षा नियन्त्रक रेग्मी - Hamro Khabar

News

Manoranjan Fm 88.1

Post Top Ad

22 June 2018

एसईईको नतिजा आज प्रकाशित हुन्छ:- परीक्षा नियन्त्रक रेग्मी

असार ९, भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले सम्पूर्ण तयारी सकिएकाले आज ४ बजेसम्म नतिजा सार्वजनिक गर्न लागेको जानकारी दिनुभयो । 

आज दिउँसो ३ बजे नतिजा प्रकाशनका लागि बोर्ड बैठक डाकिएको छ । ४ बजे पत्रकार सम्मेलन राखिएको छ । गतवर्षको एसईई परीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी थिए ।

No comments:

Post a Comment

post to add