धर्मरायो नेपालको ब्याटिङ, पाँचौं विकेट पनि गयो - Hamro Khabar

News

Manoranjan Fm 88.1

Post Top Ad

01 August 2018

धर्मरायो नेपालको ब्याटिङ, पाँचौं विकेट पनि गयो

१६ साउन, काठमाडौं ।पहिलो एकदिवसीय खेलमा नेदरल्याण्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले अाफ्नाे पाँचाैं विकेट गुमाएको छ । 
पाँचाैं विकेटका रुपमा  २३औं ओभरको तेस्रो बलमा सोमपाल कामी पनि रनको खाता नखोली आउट भएका हुन् । उनलाई पारसको विकेट लिने पिटर सीलरले एलबीडब्लु गरेका थिए ।
१२ औं ओभरको समाप्तिमा कुनै विकेट नगुमाई ५८ रनको स्थितिमा रहेको नेपाली टोली २० ओभरमा पुग्दा महत्वपूर्ण ४ विकेट गुमाउन पुग्यो । 
८ ओभरमा २९ रन जोड्दा नेपालले क्रमश अनिल साह, पारस खड्का, ज्ञानेन्द्र मल्ल र आरिफ शेखको विकेट गुमाउन पुग्यो । अनिलले  २१, पारसले १२, ज्ञानेन्द्र मल्लले ५१ रन बनाए भने आरिफ शेख डक आउट भए ।
unn.prixa.net

No comments:

Post a Comment

post to add