प्रधानन्याधीश जोशीको नाम अनुमोदनको निर्णय अझै हुन सकेन, आज पनि बैठक - Hamro Khabar

News

Manoranjan Fm 88.1

Post Top Ad

02 August 2018

प्रधानन्याधीश जोशीको नाम अनुमोदनको निर्णय अझै हुन सकेन, आज पनि बैठक

साउन १८,काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीस दीपकराज जोशीको नाम अनुमोदन गर्ने नगर्नेबारे निर्णय गर्न संसदीय सुनुवाई विशेष समितिको बैठक आजका लागि बोलाइएको छ ।

समितिले जोशीको सुनवाई भएको ९ दिन भए पनि अहिलेसम्म निर्णय गर्न सकेको छैन । खासगरी उहाँको कार्यसम्पादन चित्तबुझ्दो नभएको, नक्कली शैक्षिक योग्यताको विवादमा मुछिएकोलगायत कारणले नेकपाका सांसदहरुले जोशीको नाम अनुमोदन नगर्ने तयारी गरेका छन् । 

तर कांग्रेसले भने न्यायालयसम्बन्धी विषयमा हचुवाका
भरमा निर्णय गर्न नहुने भन्दै जोशीको नाम पारित गर्नुपर्ने वा छानविन समिति बनाउनुपर्ने माग राखेको छ । यहि असहमतिका कारण पटकपटक बसेको बैठकले जोशीको नामबारे निर्णय गर्न सकेको छैन ।

No comments:

Post a Comment

post to add