८ असार, रामेछाप । जिल्लाको सुनापती गाउँपालिकामा करेन्ट लागेर एकजना वृद्धको ज्यान गएको छ । सुनापति गाउँपालिका–१ का गुन्सी ढोडेनीमा भुँइमा लत्रिएको बिजुलीको तारमा करेन्ट लागेर दोरम्बा गाउँपालिका–५, गुराँसेका ७० वर्षीय पासाङ तामाङको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्र थापाले डोको बेच्न हिँडेका तामाङको किसान जागरण समूह गुन्सीले उत्पादन गरेको विद्युतको लत्रिएको तारबाट करेन्ट लागेर मृत्यु भएको जानकारी दिए (अनलाइनखबर) ।
No comments:
Post a Comment