भाद्र १०, काठमाडौं । प्रहरीले निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणको अनुसन्धानका लागि उनकी साथी रोशनी बम र रोशनीकी दिदी अनिता बमलाई पक्राउ गरेको छ ।
बम दिदी बहिनीलाई पक्राउ गरी अनुसन्धान गर्न मृतकका आफन्त, स्थानीय बासिन्दा र प्रदर्शनकारीले चर्को दबाब दिएपछि घटना भएको एक महिना पुग्नै लाग्दा उनीहरुलाई भीमदत्त नगरपालिका–१८ स्थित घरबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरुको पक्राउसँगै निर्मला हत्याको वास्तविकता पत्ता लाग्ने अपेक्षा गरिएको छ ।
यसअघिका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टको सरुवा र नयाँ एसपीको आगमनसँगै बम दिदी बहिनीलाई हिरासतमा राखी अनुसन्धान थालिएको हो । एसपी विष्ट र बम परिवारको निकटताका कारण यसअघि बम दिदी बहिनीलाई पक्राउ नगरिएको आरोप लाग्दै आएको छ । आजको राजधानी दैनिकमा खबर रहेको छ ।
No comments:
Post a Comment