नयाँ करबारे ह्वाइट हाउसको चीनलाई चेतावनी - Hamro Khabar

News

Manoranjan Fm 88.1

Post Top Ad

03 August 2018

नयाँ करबारे ह्वाइट हाउसको चीनलाई चेतावनी

१९ साउन, काठमाडौं । अमेरिकी राष्ट्रपति कार्यालयका उच्च आर्थिक सल्लाहकारले डोनाल्ड ट्रम्पलाई कम नआँक्न चीनलाई चेतावनी दिएका छन् ।

व्यापार करको विषयलाई लिएर दुई देशबीच विवाद बढिरहेका बेला ह्वाइट हाउसका आर्थिक सल्लाहकार ल्यारी कुड्लोले ट्रम्पलाई कमजोर मूल्याङ्कन नगर्न चेतावनी दिएका हुन् ।

कुड्लोले ट्रम्पले उचित समय आएपछि यसबारे प्रतिक्रिया दिने समेत बताएका छन् ।

अमेरिकी ब्लुमवर्ग टेलिभिजनसँगको कुराकानीमा आर्थिक सल्लाहकार ल्यारी कुड्लोले भने, ‘चिनियाँहरूले राष्ट्रपति ट्रम्पलाई कम आँक्नु राम्रो होइन ।’

कुड्लोको यो प्रतिक्रिया बेइजिङले अमेरिकी प्रशासनले चीनमाथि लगाएको थप व्यापारकर बारे चेतावनी दिँदै अमेरिकी सामानमा अर्को ६० अर्ब अमेरिकी डलर बराबरको व्यापारकर लगाउने बताएको केही समयमै आएको हो ।

ट्रम्पले विशेषगरी चीनलाई लक्षित गरी नयाँ व्यापार नीति ल्याएपछि चीनले अमेरिकी सामानमा नयाँकर लगाउने बताएको थियो ।

एजेन्सी

No comments:

Post a Comment

post to add