कालिमाटीका ३३८ तरकारी व्यापारीमाथि कारवाही सिफारिस व्यवसायी आन्दोलित, कृषि मन्त्री भन्छन् ( सिन्डकेट तोडेरै छाड्छौं) - Hamro Khabar

News

Manoranjan Fm 88.1

Post Top Ad

07 June 2018

कालिमाटीका ३३८ तरकारी व्यापारीमाथि कारवाही सिफारिस व्यवसायी आन्दोलित, कृषि मन्त्री भन्छन् ( सिन्डकेट तोडेरै छाड्छौं)

जेठ २४, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारका तीन सय ३८ व्यवसायीमाथि कारवाहीको सिफारिस भएको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिद्वारा गठित एक उपसमितिले गलत गतिविधि गरेको ठहर गर्दै ती व्यवसायीविरुद्ध कारबाहीको सिफारिस गरेको हो ।

गत सोमबार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ‘बलदेव’ उक्त तरकारी बजारको अनुगमन गरेका थिए । अनुगमनका क्रममा बजारभित्र गलत गतिविधि गरेको पाइएपछि उनले समिति अन्तर्गत एक उपसमिति गठन गरी छानबिन गर्ने निर्देशन दिएका थिए । त्यही उपसमिति ठूलो संख्याका ती व्यवसायीमाथि कारबाहीको सिफारिस गरेको हो ।

उपसमितिको उक्त निर्णय शुक्रबार बस्ने बोर्ड बैठकमा पेस गर्ने तयारी भएको छ । बोर्डले कारबाहीको बाँकी प्रक्रिया अघि बढाउने मन्त्रालयका अधिकारीले जानकारी दिए ।कारबाहीमा पर्नेमा थोकतर्फका फिससेडभित्रका ११ मध्ये आठ, सहकारी समूहका १५ मध्ये १४, माछाका २५ मध्ये २३, २४ टहराभित्र कार्यरत् ३० मध्ये २४, ३८ टहराभित्र कार्यरत ४३ मध्ये आठ व्यवसायी छन् ।

त्यस्तै, खुद्रा तर्फका खुद्रा बजारभित्रका ६४ मध्ये ५०, फलफूलभित्रका सबै नौ, गोदाम प्रयोजन केजतर्फका २० मध्ये १४, सटरतर्फका १७ मध्ये सातलाई पनि कारवाहीको निर्णय गरिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिअन्तर्गतकै बालाजु माछापोखरी बजारका खुद्रा ९तल०का २३ मध्ये सात, खुद्रा ९माथि० का १४ मध्ये तीन र सटरका १२ मध्ये ६ व्यवसायी पनि कारवाहीमा परेका छन् ।

हाल उक्त बजारमा ४ सय २५ व्यवसायी छन् । कारवाहीको सूचीमा पर्नेमा बहुउद्देश्यीय  भवन र टहराभित्र कार्यरत व्यवसायी छन् ।कालिमाटी तरकारी बजारमा बिचौलियाको ठूलो बिगबिगी रहेको पाइएपछि त्यसलाई अन्त्य गरेरै छाड्ने प्रतिवद्धता मन्त्री खनालले अनुगमनकै क्रममा गरेका थिए । त्यसै दिन उनले व्यवस्थापन समितिलाई बोलाएर सुधारसहितको सुझाव मागेका थिए ।

बजार अनुगमनका क्रममा तीनरचार तहसम्मका बिचौलियको उपस्थितिले किसानले उत्पादन गरेको सामान बजारसम्म आइपुग्दा धेरै महंगो हुने, स्टल भाडामा ठूलो अनियमितता पाइएको मन्त्री खनालले बताएका थिए ।

उक्त बजारमा एउटै स्टलको ठाउँ हेरी ८ देखि १० हजारमात्र बजार व्यवस्थापन समितिलाई बुझाउने र विचौलियाले  २ लाख रुपैयाँसम्म खाने गरेको तथ्य पनि अनुगमनका क्रममा भेटिएको थियो ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डकै कार्यविधिअनुसार आफ्नो स्थानमा स्वयं कारोवार नगरी अन्य कुनै व्यक्ति वा संस्थालाई बिक्री गर्ने, भाडामा दिने वा समितिले उपलब्ध गराएको परिचय पत्रबिहीन व्यक्तिबाट कारोबार गर्न नपाइने व्यवस्था छ ।

कार्यविधि विपरीतको भाडामा यस्तो चलखेल गरेको पाइएमा ७ दिनको समय दिई कसुरअनुसार स्पष्टिकरण माग गरी अख्तियारी दिने वा सम्झौता खोजी गरी इजाजत रद्द गर्नुपर्ने स्थितिमा व्यवसायीको नाम किटान गरी शुक्रबार बस्ने बोर्ड बैठकमा पेस गर्ने तयारी मन्त्रालयको छ ।

कारवाहीमा पर्ने भएपछि व्यवसायीले बिहीबार समितिको कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन् । दिउँसो मन्त्रालयमा भएको किसान, व्यापारी, कृषि बजार निर्देशनालय लगायतको बोर्ड बैठक पनि बिना निश्कर्ष सकिएको छ । व्यवस्थापन एकपक्षीय भएको र व्यापारीमाथि अन्याय गर्न खोजिएको भन्दै विरोधमा उत्रेपछि सहमति जुट्न सकेन ।

शुक्रबार दिउँसो १ बजे फेरि बोर्ड बैठक बस्ने जानकारी मन्त्रालयका उपसचिव अर्जुन भण्डारीले जानकारी दिए । मन्त्री खनालले अब कुनै पनि हालतमा पछि नहट्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

यसैबीच सरकारले कालिमाटी फलफुल तथा बजार विकास समितिको अध्यक्षमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव तेजबहादुर सुवेदीलाई नियुक्त गरेको छ । यसअघिका अध्यक्ष काशिराज दाहाल हटेपछि समिति लामोसमय सम्म नेतृत्वविहीन थियो ।

केही समयअघि जारी गरेको कृषि, पशुपंक्षी, भूमि व्यवस्था र सहकारी क्षेत्रको रुपान्तरणको मार्गचित्रमा पनि मन्त्री खनालले कृषि क्षेत्रको सिण्डिकेट लगायतका विकृति अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए (अनलाइनखबर)।

No comments:

Post a Comment

post to add