गगन थापाको आरोप :- संघीयतालाई खतरा पूर्वराजा होइन, प्रधानमन्त्री ओली हुन् - Hamro Khabar

News

Manoranjan Fm 88.1

Post Top Ad

11 June 2018

गगन थापाको आरोप :- संघीयतालाई खतरा पूर्वराजा होइन, प्रधानमन्त्री ओली हुन्

२८ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संघीयताका लागि पूर्वराजा नभई प्रधानमन्त्री केपी शर्मा ओली सबैभन्दा ठूलो खतरा भएको बताएका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउने ड्युटी कांग्रेसको भएको उनले बताए ।

सोमबार नेविसंघ काठमाडौंको भेलालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री ओलीलाई संघीयता नै मन नपरेको दाबी गरे । यो व्यवस्थालाई ठूलो खतरा को बाट छ भन्ने प्रश्न गर्दै उनले भने, ‘पूर्वराजाबारे टिप्पणी गर्न आश्वयक ठान्दिनँ । नागरिक भएर बस्नु भएको छ, आफ्नो स्वतन्त्रता प्रयोग गर्नु भएको छ ।’

स्वतन्त्र नागरिकले उपयोग गर्ने अधिकार प्रयोग गर्ने छुट पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि भएको उनले बताए । विप्लव माओवादीबाट पनि खतरा नदेखेको सुनाए ।

कांग्रेस सांसद थापाले अघि भने, ‘जनताबाट सबैभन्दा बढी मत प्राप्त गरेर दुई तिहाई बहुमतका साथमा जसले सरकार चलाइरहेको छ, व्यवस्थालाई ठूलो खतरा त्यहाँबाट छ ।’

अहिले सांसरभर त्यही फेनोमेनन देखिएको उनको विश्लेषण छ । बहुसंख्यक अमेरिकीहरुले लोकतन्त्रका लागि ठूलो खतरा राष्ट्रपति डोनाल्ड ट्रम्पबाट देखेकोे भन्दै उनलेभने, ‘यो फेनोमेनन संसारभर देखिएको छ र नेपाल त्यसको एउटा पाटो हो ।’

उनले प्रधानमन्त्री केपी ओली नै कसरी संघीय व्यवस्थाका लागि खतरा हुने भन्ने तर्क दिए ।

पार्टीमा ३३ प्रतिशत महिला सहभागिता नभएको भन्दै गुनासो गर्न पुगेका नेताहरुलाई प्रधानमन्त्री ओलीले ‘ट्याउँट्याउँ कराउने होइन’ भनेको सुनाउँदै थापाले भने, ‘यो संविधानको आधारभूत कुरालाई नै प्रधानमन्त्रीले स्वीकार नगरेको प्रमाण हो ।’

उनले संघीयता सबैभन्दा मन नपराउने चित्रबहादुर केसी नभई प्रधानमन्त्री ओली भएको दाबी गरे । उनले भने, नेपालमा सबैभन्दा संघीयता मन नपराउने मानिस दुर्भाग्यवश प्रधानमन्त्री केपी शर्मा ओली हो । चित्रबहादुर केसीले त बाहिर भन्नुभएको छ । प्रधानमन्त्री ओलीलाई त संघीयता भन्ने व्यवस्था नै मन पर्दैन ।’

त्यही कारण प्रदेशको मन्त्री र मुख्यमन्त्रीले नै संघीयता कतैबाट लादिएको भन्न थालेको उनको दाबी छ । कांग्रेसकै कतिपय नेतालाई पनि संघीयता मन नपर्ने भन्दै उनले भने, ‘समावेशीता र संघीयताविरुद्ध बोल्ने अधिकार नागरिकलाई दिएको छ तर, नेपालको प्रधानमन्त्रीलाई यसबारे सोच्ने अधिकार पनि दिएको छैन ।’

प्रधानमन्त्रीलाई नै संघीयता, समावेशीता मन नपरेका कारण खतरामा पर्न सक्ने उनको दाबी छ ।

५(१० वर्ष अभ्यास गरेर संघीयता असफल भयो भन्ने छुट कांग्रेसलाई नभएको थापाले बताए । १५ सालमा बनेको बीपी कोइरालाको सरकारले ८(१० वर्ष काम गर्न पाएको भए अहिले रेल पानी जहाजको कुरा गरेर बस्नु नपर्ने भन्दै उनले भने, ‘त्यो धेरै अगाडि रियालिटी भइसक्थ्यो । हामीले धेरै समय गुमायौं । त्यसैले अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई जोगाउने कांग्रेसको ड्युटी हो ।’

जोगाउँछु भनेर मात्र नहुने भन्दै नेता थापाले भने, ‘बीपी कोइरालाले द्वारिकादेवी ठकुरानीलाई मन्त्री बनाइदिएका थिए । धनमान सिंह परियारलाई महामन्त्री बनाइएको थियो भनेर हुँदैन । देशभरका दलित, महिला, मधेसी, थारु सबैले समावेशीतालाई बुझ्ने कुनै पार्टी छ भने कांग्रेस हो भनेर हाम्रो व्यवहार, आचरण, अडानले प्रमाणित गर्न सक्नुपर्छ ।’

यसो भएमा प्रधानमन्त्रीले चाहे पनि संघीयता र समावेशीताविरुद्ध केही गर्न नसक्ने उनको दाबी छ (अनलाइनखबर) ।

No comments:

Post a Comment

post to add