पुर्ख्यौली घरमा डा। देवकोटाः पिँढीमा सुस्ताए, सिस्नेधाराको पानी पिए - Hamro Khabar

News

Manoranjan Fm 88.1

Post Top Ad

09 June 2018

पुर्ख्यौली घरमा डा। देवकोटाः पिँढीमा सुस्ताए, सिस्नेधाराको पानी पिए

२६ जेठ, गोरखा । वरिष्ठ न्यूरो सर्जन डा। उपेन्द्र देवकोटालाई पुर्ख्यौली घर पुगेर फर्किएका छन् । न्यूरो अस्पतालमा उपचाररत डा। देवकोटालाई उनको इच्छाअनुसार शनिबार दिउँसो जन्मथलो गोरखा लगिएको थियो ।

डा। देवकोटाले परिवारका सदस्यहरुसँग पुर्ख्यौली घरको पिँढीमा बसेर सुस्ताउने र सिस्नेधाराको पानी पिउने इच्छा व्यक्त गरेका थिए ।

देवकोटालाई चिकित्सक र परिवारका सदस्यहरुले हेलिकोप्टरमा बोहारा गाउँमा लगेका थिए । घरभन्दा करिब समय मिटर माथि हेलिप्याड बनाइएको थियो । उनी आउने खबर पाएर ४र५ सय आफन्त तथा शुभचिन्तक जम्मा भएका थिए ।


देवकोटाले घरमा लगेर पिँढीमा राखियो । लगतै घर नजिकै रहेको सिस्नेधाराको पानी ल्याएर खुवाइएको छ । गिलासको पानी चच्चाको सहयोगले डा। देवकोटालाई पानी खुवाइएको थियो ।


‘यो मुलको पानी हो । घर नजिकै सिस्नेधारा छ’ डा। देवकोटासँगै रहेका आशिष देवकोटाले अनलाइनखबरसँग भने ।


पुर्ख्यौली घरमा पुग्दा देवकोटाको मुहार हँसिलो देखिएको थियो । उनलाई भेट्न आएका आफन्तहरुसँग दोहोरो सम्वाद भने भएन ।


‘उहाँ होसमै हुनुहुन्छ । म कहाँ आइपुगेँ भन्ने पनि थाहा छ’ आशिषले भने, ‘चिकित्सक र परिवारका सदस्यसँग कुरा हुन्छ । तर, अरुसँग दोहोरो कुराकानी गर्नु भएको छैन ।’


डा। देवकोटालाई शनिबार नै काठमाडौं ल्याइएको छ । त्यसका लागि भने घरमुनी अर्को हेलिप्याड बनाइएको छ ।

No comments:

Post a Comment

post to add