पनामा पेपर्स-२ : फेरि करछलीमा मुछिए मेस्सी - Hamro Khabar

News

Manoranjan Fm 88.1

Post Top Ad

21 June 2018

पनामा पेपर्स-२ : फेरि करछलीमा मुछिए मेस्सी

७ असार, काठमाडौं । पनामा पेपर्स(२ मा अर्जेन्टिनी फुटबलर लिओनल मेस्सीको नाम पनि परेको छ ।



खोज(पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिस्ट ९आईसीआईजे०ले अवैध धन लुकाउनेहरुको विवरण समेटिएको पनामा पेपर्स(२ सार्वजनिक गरेको छ ।


पनामा पेपर्सले विश्वका चर्चित व्यक्तिहरुले अवैध सम्पत्ति लुकाउन र कर छल्न कसरी सुरक्षित स्थान ९ट्याक्स हेभन० रोजेका छन् भन्ने खुलाउँदै आएको छ ।

‘पनामा पेपर्स(२’ काअनुसार मेस्सी र उनका पिताले ‘मेघा स्टार इन्टरप्राइजेज’ नामक अफशोर कम्पनीमार्फत कारोबार गरेर कर छलेको भेटिएको छ ।


मेस्सीको नाम पहिलो पनामा पेपर्समा पनि थियो । तर, उनले यो कम्पनी ‘पूरै निष्त्रिmय’ रहेको दाबी गरेका थिए । तर, कम्पनी सक्रिय राखेर करछली गरेको भेटिएको छ ।


बार्सिलोनाका खेलाडी मेस्सी र उनका बुवामाथि स्पेनमा कर छलीको मुद्दा लागेको थियो ।


मेस्सीले स्पेनिस अदालतले २१ महिना जेल सजाय र २२ लाख अमेरिकी डलर जरिवाना तोकेको थियो । तर, पहिलो पटक २ वर्षभन्दा कम सजाय पाउँदा जेल बस्नु नपर्ने स्पेनिस कानुन अनुसार मेस्सी जेल बस्नु परेको थिएन ।

No comments:

Post a Comment

post to add