पाल्पामा बस दुर्घटना, मृतकको संख्या १३ पुग्यो, १२ जनाको सनाखत - Hamro Khabar

News

Manoranjan Fm 88.1

Post Top Ad

01 June 2018

पाल्पामा बस दुर्घटना, मृतकको संख्या १३ पुग्यो, १२ जनाको सनाखत

१८ जेठ, गुल्मी । पाल्पाको रम्भा गाउँपालिका(४ हुमिनमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । १४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुने मध्ये १२ जनाको पहिचान खुलेको छ । दुर्घटनामा  विष्णुमान बज्राचार्य, उनका भाई सचिन बज्राचार्य, कृष्णमान शाक्य, क्षेत्रमान शाक्य, गीता बुढाथोकी, कमला कार्की, लोकप्रसाद ढकाल, दुर्गाबहादुर सारु, सुशील श्रेष्ठ, देवेन्द्र प्रधान, वसन्ती खाँड र कृष्ण्णबहादुर बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएक् छ ।


सचिन बज्राचार्य र लक्ष्मी कार्कीको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । मृत्यु हुने मध्ये कृष्णबहादुर बोहरा डिभिजन सहकारी पाल्पाका प्रमुख हुन् ।

घाइते मध्ये १० जनाको युनाइटेड मिसन अस्पताल तानसेन र २ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ ।

सदरमुकाम तानसेनबाट रामपुर भ्रमणका लागि जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्था तानसेनका सदस्य चढेको लु२ख ९७५ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा २७ जना सवार थिए (अनलाइनखबर) ।

No comments:

Post a Comment

post to add