चितामा पनि फुटबलसँगै थिए मणि - Hamro Khabar

News

Manoranjan Fm 88.1

Post Top Ad

15 May 2018

चितामा पनि फुटबलसँगै थिए मणि

१ जेठ, काठमाडौं । नेपाली फुटबलका ‘मणि’को पार्थिव शरीर चितामा थियो । त्यसको ठीक अगाडि राखिएको थियो, एक जीवन्त तस्वीर ।
तस्वीरमा रातो, सेतो र निलो मिसिएको जर्सी लगाएका मणि शाह मैदानमा बल अघि बढाइरहेका देखिन्छन् । अहो, उनको अनुहारको उत्साह १ मानिसहरु घरी चितामा त घरी तस्वीरतिर हेर्छन् ।
यस्तो जोशिलो मान्छे कसरी यति छिट्टै संसारबाट जान सक्छ रु सबैको मनमा उठेको प्रश्न उस्तै थियो ।तर, यही सत्य थियो
त्यो अन्तिम यात्रामा उनको साथमा थियो, उनलाई मरेर पनि सबैको मनमा जीवित राख्ने माध्यम ‘फुटबल’ । गोडामा फुटबल राखिएको थियो, लाग्थ्यो उनी चिताबाट उठेर एक गोल हान्ने छन् ।
‘खै हट १ म एक गोल हान्छु भन्दै उठे त हुन्थ्यो नि रु आर्यघाटमा एक समर्थक भनिरहेका थिए । झट्ट सुन्दा मजाक लागे पनि मणिप्रतिको श्रद्धा र माया, उनको फुटबल प्रेमप्रतिको आस्थाले समर्थक त्यसो भनिरहेका थिए ।
केही क्षणमै नेपालका ‘म्याराडोना’ का रुपमा चिनिएका मणि शाहको भौतिक शरीरले पशुपतिमा धुवाँ, खरानी र अस्तुको रुप लियो । मणिको अन्तिम विदाइमा थुप्रै शुभचिन्तक पुगेका थिए ।
मणिकी एक मात्र छोरीले दागवत्ती दिइन् ।नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान शाहको सोमबार ५१ वर्षको उमेरमा निधन भएको हो । उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जली दिन बिहान ९ बजेदेखि साढे ११ बजेसम्म दशरथ रंगशालामा राखिएको थियो ।
जीर्ण बनेको दशरथ रंगशालामा श्रद्धाञ्जली दिँदाको समय होस् या पशुपति आर्यघाटमा अन्तिम बिदाइ गर्दाको समय, सबै उनको खेल सम्झिरहेका थिए । उनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पुगेका धेरैले उनको फुटबल बुझेका थिए, उनीहरु मणिको खेल क्षमता र कौशलको कुरा गरिरहेका थिए । उनको खेल हेर्न नपाएकाहरु पनि एक खेलाडीको निधनले भावुक थिए ।
नयाँ पुस्ताले मणिको खेल क्षमता पढेर जति बुझेका छन्, त्यो भन्दा निकैमाथि रहेको उनीसँग खेल्नेहरु बताउँछन् । आर्यघाटमा बिदाइको अंकमाल गर्न पुगेका पूर्वखेलाडी बालगोपाल महर्जन, उपेन्द्रमान सिंह लगायत उनका समकालिन उनको अद्भूत क्षमता सम्झिरहेका थिए ।
जीवनभर उनको खेल र खेलसँग सम्बन्धित विषयको साक्षी बनेका प्रेमीहरु आर्यघाटमा उनको अन्तिम यात्राको साक्षी बने ।
हावामा मिल्दै गर्दा पनि मणि र फुटबल समानान्तर बने । उनको खुट्टाको कौशल र फुटबलमा उनले देखाएको क्षमता सरर आँखा अघि आए । अनि आए, हरेक पटक मृत्युको आभासले दिने उही ज्ञान, ‘आखिर जीवन के नै रहेछ र १’
मणि अस्ताए तर, सम्झनामा फेरि नडुब्ने गरी उदाए । जसरी २५ वर्षअघि सन् १९९३ मा दक्षिण एसियाली महासंघीय प्रतिस्पर्धामा भारतलाई हराएर स्वर्णपदक जित्दा उनले गरेको प्रदर्शनको सम्झना अहिले पनि ताजा छ ।
त्यो बेला खेलको अन्तिम ३० सेकेण्ड बाँकी रहँदा पाएको फ्रीकिक गोल गर्दै नेपाललाई जिताएका थिए उनले ।दशरथ रंगशालामा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले मणिको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली दिए ।
मन्त्री विश्वकर्मासँगै कांग्रेस सभापति शेरबहादुर देउवा, नेता गगन थापा, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्ट, अखिल नेपाल फुटबल संघ ९एन्फा०का अध्यक्ष कर्माछिरिङ शेर्पा साथै राष्ट्रिय टिमका खेलाडी, प्रशिक्षक तथा फुटबलप्रेमीहरु उपस्थित थिए ।
रंगशालाबाट उनको अन्तिम यात्रामा सयौं समर्थक पशुपति आर्यघाट पुगे । साथीहरु उनीसँगको समय सम्झिरहेका थिए । नयाँहरु उनको बारे बुझ्न उत्सुक थिए ।

No comments:

Post a Comment

post to add