पहिलो एकदिवसीयमा पारस चम्किए, नेपालले पायो १९० रनको लक्ष्य - Hamro Khabar

News

Manoranjan Fm 88.1

Post Top Ad

01 August 2018

पहिलो एकदिवसीयमा पारस चम्किए, नेपालले पायो १९० रनको लक्ष्य

१६ साउन, काठमाडौं । आफ्नो पहिलो एकदिवसीय क्रिकेटमा नेपालले १ सय ९० रनको लक्ष्य पाएको छ । टस जितेर ब्याटिङ रोजेको नेदरल्यान्ड्सले ४७ ओभर ४ बलमा १ सय ८९ रन बनाउँदा सबै विकेट गुमायो ।

नेदरल्यान्ड्सविरुद्ध उत्कृष्ट बलिङ गरेका नेपालका कप्तान पारस खड्काले चार विकेट लिए । १० ओभर बलिङ गरेका उनले २६ रन खर्चेर चार विकेट लिएका हुन् ।

यस्तै सोमपाल कामीले तीन साथै सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले एकरएक विकेट लिए ।

नेदरल्यान्ड्सका मिचेल रिप्पोनले ७६ बलमा ५१ रन बनाए । यस्तै स्टेफेन माइबर्गले २९, बास डे लिडेले ३०, बेन कुपरले २० र स्कट एडवाड्सले १८ रन बनाए ।

No comments:

Post a Comment

post to add