बलिउडकै महंगो विवाह, रणवीर र दीपिकाले यस्तो ठाउँ रोजे - Hamro Khabar

News

Manoranjan Fm 88.1

Post Top Ad

28 July 2018

बलिउडकै महंगो विवाह, रणवीर र दीपिकाले यस्तो ठाउँ रोजे

एजेन्सी
अनुष्का–विराट तथा सोनम–आनन्दपछि बलिउडका टप कपल रणवीर सिंह तथा दीपिका पादुकोण बिहे गर्दैछन् । एक वर्षदेखि उनीहरुको विवाहको चर्चा हुँदै आएको छ । राम–लीलाका यी जोडीले अब विवाहको गर्ने ठाउँ पनि फाइनल गरिसकेका छन् ।
फिल्मफेयरको रिपोर्टका अनुसार अनुष्का र विराटले झैँ दीपिका र रणवीरले पनि इटालीमै बिहे गर्नेछन् । उनीहरुले इटालीको ‘लेक कोमो’ मा बिहे गर्ने पक्का गरेका छन् । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण ‘लेक कोमो’ इटालीको लोम्बार्डीमा पर्दछ । 
रणवीर र दीपिकाका आफन्तले जनाए अनुसार आउँदो नोभेम्बर १० उनीहरुको विवाह हुँदैछ । वैवाहिक समारोहमा रणवीर दीपिकाका नजिकका आफन्तको मात्रै सहभागिता रहनेछ । 
फिल्म इन्डस्ट्रीबाट विवाहमा कसैको पनि सहभागिता नरहने जनाइएको छ र अर्जुन कपूर रणवीरका नजिकका साथी भएकाले उनी भने सहभागी हुन सक्ने फिल्मफेयरले जनाएको छ ।
विवाहपछि दीपिका र रणवीरले मुम्बईमा पूरै बलिउड इन्डस्ट्रीका लागि रिसेप्सन पार्टी राख्नेछन् । 
रणवीर र दीपिकाको विवाह बलिउडकै अहिलेसम्मकै महंगो हुने बताइएको छ । 

 

No comments:

Post a Comment

post to add