क्यालिफोर्निया डढेलोका कारण दुई जनाको मृत्यु, पाँच सय संरचना ध्वस्त - Hamro Khabar

News

Manoranjan Fm 88.1

Post Top Ad

28 July 2018

क्यालिफोर्निया डढेलोका कारण दुई जनाको मृत्यु, पाँच सय संरचना ध्वस्त

साउन १२, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका । अमेरिकाको क्यालिफोर्निया राज्यमा कार फायर नाम दिइएको डढेलोका कारण 



दुई अग्निनियन्त्रकले ज्यान गुमाएका छन् भने हजारौँ मानिस विस्थापित बनेका छन् । डढेलोले पाँच सयभन्दा बढी संरचना ध्वस्त बनाएको छ भने हजारौँ घरहरू जोखिममा परेका छन् ।

 वेगसाथ चलेको हावाहुरीका कारण त्यहाँ आगोका लप्काहरू आँधीजस्तो फैलिएको बताइएको छ । शास्टा क्षेत्रमा फैलिएको आगोलाई उच्च वेगको हावाले आँधीको स्वरूप दिएको छ जसले रुखहरू ढालिदिएको छ अनि गाडीहरूलाई सडक किनारामा लडाइदिएको छ ।

 आगलागी नियन्त्रणका लागि अग्निनियन्त्रकहरू अनवरत खटिरहेका भएपनि आगोको प्रभाव खासै नियन्त्रणमा ल्याउन सकिएको छैन । सोमवार सुरु भएको डढेलो त्यो भनेको सान फ्रान्सिस्को शहरको क्षेत्रफल बराबर अर्थात् ४८ हजार एकड क्षेत्रफलमा फैलिएको छ । 

No comments:

Post a Comment

post to add