धुलिखेलमा बस दुर्घटना, २८ घाइते - Hamro Khabar

News

Manoranjan Fm 88.1

Post Top Ad

25 July 2018

धुलिखेलमा बस दुर्घटना, २८ घाइते


 साउन १० काभ्रे  काभ्रेको धुलिखेल नगरपालिकामा यात्रुबाहक बस पल्टिँदा २८ जना घाइते भएका छन्। बस आज बिहान नगरपालिकाको वडा नम्बर ६ मा दुर्घटना भएको हो। 

भकुण्डेबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भई सडकबाट ३० मिटर तल खोल्सामा खस्दा २८ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यलयका एसपी रविराज खड्काले जानकारी दिए।

खड्काका अनुसार घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। अन्य घाइतेको अवस्था समान्य रहेको अस्पतालले जनाएको छ।

No comments:

Post a Comment

post to add