सरकार र डा. गोविन्द केसीको वार्ता असफल - Hamro Khabar

News

Manoranjan Fm 88.1

Post Top Ad

25 July 2018

सरकार र डा. गोविन्द केसीको वार्ता असफल

साउन ९, काठमाडौं । सरकार र डा. गोविन्द केसीको वार्ता असफल भएको छ । सरकार जिम्मेवार ढंगले प्रस्तुत नभएको भन्दै डा। केसीको वार्ता टोलीले अब आफूहरुले दिएको सूचीका आधारमा सुधारसहित चिकित्सा शिक्षा विधेयक पास गर्ने प्रतिवद्धता आएपछि मात्र वार्तामा बस्ने बताएको छ ।

सरकार र डा। केसीको वार्ता टोलीबीच सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा वार्ता भएको थियो । तर, चिकित्सा शिक्षा विधेयकमा डा। केसी पक्षले राखेको संशोधनका प्रस्तावमा सरकारी पक्षले कुनै ठोस जवाफ नदिएपछि वार्ता असफल भएको हो ।

सरकारी वार्ता टोलीले परामर्शका लागि एक घन्टा मागेको थियो । स्रोतका अनुसार टोलीले नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङलाई मध्यस्थकर्ताको भूमिका खेल्न आग्रह गरेको थियो, जसले सम्वादहीनता अन्त्य गर्न पहल गरेका थिए ।

तर, नेता नेम्वाङले त्यस्तो संकेत नदिएपछि सरकारी टोलीले ठोस जवाफ दिन सकेन । डा। केसीको स्वास्थ्य असाध्यै नाजुक भइसक्दा पनि सरकारी पक्ष गैरजिम्मेवार बनेको र विधेयकसम्बन्धी दफागत छलफलमा प्रवेश नै गर्न नचाहेको केसीको वार्ता टोलीका संयोजक डा। अभिषेकराज सिंहले बताएका छन् ।

सरकारले सत्याग्रहीको ज्यान जोखिममा पार्ने र चिकित्सा शिक्षा क्षेत्रमा सुधारका काममा हलो अड्काउने रवैया देखाएको भन्दै उनले भनेका छन्, ‘यो अवस्थामा थप अलमल गरेर डा। केसीको स्वास्थ्यलाई झनै जोखिममा पर्न हामी तयार छैनौं ।’

डा। केसीको वार्ता टोलीले सरकारलाई उपलब्ध गराएको सूचीअनुसार सुधारसहित विधेयक पारित गर्ने प्रतिवद्धता आए मात्र अर्को वार्ता गर्ने बताएको छ ।

No comments:

Post a Comment

post to add