काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात, नर्भिकमा उपचार हँुदै - Hamro Khabar

News

Manoranjan Fm 88.1

Post Top Ad

21 June 2018

काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात, नर्भिकमा उपचार हँुदै

७ असार, काठमाडाँै। नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । 

स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उहाँलाई नर्भिक अस्पताल थापाथली पु¥याइएको थियो । 

अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहनुभएका भट्टराईलाई हाल उच्च निगरानीमा राखिएको छ । सिटी स्क्यान रिपोर्ट आएपछि मात्र थप उपचारको प्रक्रिया अगाडि बढाइने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 

स्नायु रोग विशेषज्ञ डा राजीव झासहितको टोलीले उहाँको उपचार गरिरहेको नर्भिक अस्पतालले जनाएको छ । 

No comments:

Post a Comment

post to add