नारायणी नमुना माविको एसइइ परीक्षामा उत्कृष्ट नतिजा - Hamro Khabar

News

Manoranjan Fm 88.1

Post Top Ad

30 June 2018

नारायणी नमुना माविको एसइइ परीक्षामा उत्कृष्ट नतिजा

असार १६, चितवन । नारायणी नमुना मावि भरतपुरले २०७४ को एसइइ परीक्षामा उत्कृष्ट नतिजा ल्याएको छ।

विद्यालयबाट एसइइ परीक्षामा सहभागिता जनाएका २८० विद्यार्थी मध्ये ७१ जनाले ३।६ देखि ४ जिपीए ल्याउन सफल भएका हुन् । त्यस्तै, ९६ जनाले ३।२ देखि ३।६ जिपीए, ५५ जनाले २।८ देखि ३।२ जिपीए ल्याएर उत्तीर्ण भएका शिक्षक महासंघका सह–अध्यक्ष समेत रहेका विद्यालयका प्रधानाध्यापक पूर्ण दवाडीले जानकारी दिए ।

४१ विद्यार्थीले २।४ देखि २।८ जिपीए र १७ विद्यार्थी २।० देखि २।४ जिपीए ल्याएर उत्तीर्ण हुन सफल भएका छन् । २।० भन्दा कम जिपीए कसैको आएको छैन । विद्यालय मुलुककै दोस्रो उत्कृष्ट सामुदायिक विद्यालयमा पर्छ । २०२० सालमा दिनभर काम गर्ने र राती पढ्नेहरुका लागि रात्री विद्यालयको रुपमा स्थापित विद्यालय २०४१ देखि दिउँसो सञ्चालन गर्न थालिएको थियो ।

 शुरुका केही वर्ष विद्यालय एसएलसी नतिजामा निल रहेपनि पछिल्लो दिनमा राष्ट्रियस्तरमै गौरव गर्नसक्ने विद्यालय बनेको छ । १२१ मापदण्ड पुरा गरेर सरकारबाटै नाममै नमूना लेख्न अनुमति पाउने मुलुककै एक मात्र विद्यालय नारायणी नमूना मावि मात्रै हो ।

२०५७र५८ मा पुगेपछि विद्यालयले जिल्लामा प्रथम हुन शुरु गरेको हो । । लगातार ८र१० वर्ष विद्यालय जिल्ला प्रथम हुँदै गयो । २०६८ सालदेखि नेपाल सरकारले राष्ट्रिय रुपमा पनि मूल्याङ्कन शुरु गरेपछि पहिलो वर्ष मध्यमाञ्चल आठौं भयो । 

२०६९ मा राष्ट्रिय पाँचौं भयो । ०७० मा छैटौं, ०७१ मा एक्साइसौं, ०७२ मा राष्ट्रिय दोस्रो र मध्यमाञ्चल प्रथम हुन सफल भएको हो । २०७३ मा देशभरको दोस्रो र ३ नम्बर प्रदेशको उत्कृष्ट विद्यालय बन्न सफल भयो ।

झट्ट बाहिरबाट हेर्दा विद्यालय भरतपुरको माझमा देखिन्छ । भौतिक रुपमा पनि सम्पन्न छ । घेरा पर्खाल, हरियाली, फूलबारी, सुरक्षा, सफा, अनुशासन सबै कुराले गर्व गर्नलायक नै छ । अंग्रेजी माध्यम लागू गरिएको छ भने हरेक कक्षामा प्रोजेक्टरबाट शिक्षण हुन्छ । 


हरेक शुक्रबार कक्षा ८ र १० को परीक्षा लिइने गरिएको छ । उत्तरपुस्तिका अभिभावककहाँ पठाइदिने गरिएको प्रअ दवाडी बताउछन् ।दवाडी एकीकृत अखिल नेपाल शिक्षक संगठनका वरिष्ठ नेता समेत हुन् । 

विद्यार्थी र शिक्षकहरुलाई डायरी दिइएका छ । शिक्षकले हरेक दिन पढाउने र पढाएका विषय विद्यार्थीले सिकेको विषयवस्तु अनिवार्य टिपोट गर्नुपर्ने व्यवस्था छ । विद्यार्थीलाई शिक्षक लगबुक दिइएको छ । जहाँ हरेक दिन कुन शिक्षकले के पढाए भन्ने लेख्नु पर्छ ।

 हरेक मसान्तमा त्यो प्रअलाई बुझाउनु पर्छ । हाल ३० जना दृष्टिबिहीन विद्यार्थीका लागि होस्टेल सञ्चालन गरिएको छ । २९ जना सुस्त मनस्थिति विद्यार्थीका लागि दिवा होस्टेल सञ्चालित छ । उनीहरुका लागि गाडीमा ल्याउने लैजाने र निःशुल्क दिवा खाजाको व्यवस्था गरिएको छ । 

'अहिले नारायणी विद्यालयको विकल्प निजी विद्यालय होइन, निजी विद्यालयको विकल्प नारायणी मावि बन्न पुगेको छ । यहाँ भर्ना नपाए मात्रै निजीमा जाने चलन शुरु भएको छ ।' प्रअ दवाडीले भने (Education pat)।


No comments:

Post a Comment

post to add