फुटबल खेल्न स्पेन उत्रिए मुगुका किशोरीहरु ९तस्वीरसहित० - Hamro Khabar

News

Manoranjan Fm 88.1

Post Top Ad

29 June 2018

फुटबल खेल्न स्पेन उत्रिए मुगुका किशोरीहरु ९तस्वीरसहित०

असार १६, बार्सिलोना। मुगुका किशोरीहरु फुटबल खेल्न स्पेन आइपुगेका छन्। मुगुका भिरालो पाखामा मोजाका डल्लाहरुसँग खेलेर हुर्केका किशोरीहरु अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी बन्न शुक्रबार साँझ बार्सिलोना आइपुगेका हुन्।

जुलाई १ देखि ७ सम्म स्पेनको सान्सेबास्टियान हुने ‘डोनोष्टि कपमा सहभागिता जनाउन नेपाली किशोरीहरु स्पेन आइपुगेका हुन् । जहाँ ३३ देशबाट ६ सय ३० टिमको भिडमा टीम राराका १७ किशोरीहरु पनि प्रतिस्पर्धामा उत्रने छन्।

उनीहरुलाई काठमाडौं देख्नु नै ठूलो सपना थियो तर तिनै किशोरीहरु विश्व चर्चित खेलाडीहरु लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोले कर्मथलो बनाएको स्पेनमा आएर फुटबल खेल्दैछन्।

प्रतियोगिताको उदघाटन समारोहमा मुगुको टिमलाई राष्ट्रिय झण्डा र परम्परागत पोशाकसहित मार्चपास गर्न छनोट गरिएको टिमका डाइरेक्टर भोजराज भाटले जानकारी दिए। उनले निर्देशन गरेको डकुमेन्ट्री सुनाकलीको प्रभावका कारण किशोरीहरुलाई स्पेन निमन्त्रणा गरिएको हो।

‘सुनाकलीले २३ वटा अन्तर्राष्ट्रिय अवार्ड जित्यो,एकप्रकारले हामीलाई त्यो सफलता असम्भव जस्तो थियो, तर दुनियाँमा असम्भव केही पनि रहेनछ’, उनले भने, ‘मुगुबाट चेलीहरु फुटबलको देश स्पेनसम्म आइपुगेका छन् । नेपाल र नेपालीहरुको नाम जोड्न पाउँदा गर्व लागेको छ ।’

डोनोष्टी कपमा १० वर्षदेखि १८ वर्षसम्मको उमेर समूह अनुसार टिम तयार गरिएको छ। पुरुषतर्फ बी–१० देखि बि–१८ सम्म झन्डै ३५० टोली छन् । महिलातर्फ भने जी–१२, जी–१४, जी–१६ र जी–१८ को उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

टिम रारा रहेको जी–१४ मा ९१४ वर्ष उमेर समूह० ९ समूह छन् र ३६ टिमहरु सहभागी हुनेछन्। ग्रुप जी अन्तर्गत राराले अमारा बेर्रीके, आनोग्रा केकेई र म्याड्रिड सीएफएफबीसँग खेल्ने छ।

समूह चरण पार भएमा जुलाई ५ र ६ तारिख नकआउटचरणमा पनि प्रतिस्पर्धा गर्नेछ।

‘डोनोष्टि कपमा मुगुका किशोरीहरु टीमसँगै अर्को नेपाली टीम पनि सहभागी छ। काठमाडौं गोंगबुस्थित स्कोलर्स एकेडेमीका छात्रहरु पनि बार्सिलोना आइपुगेका छन्। उनीहरु १३ वर्ष उमेर समूहबाट प्रतिस्पर्धा गर्नेछन्।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, स्पेनले खेलाडीहरुलाई विमास्थलमा स्वागत गरेको थियो । संघका अध्यक्ष चिन्तामणि सापकोटा, अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य शितल भुर्तेललगायतले विमानस्थल पुगेर स्वागत गरेका हुन् ।

No comments:

Post a Comment

post to add