१० असार, काठमाडौं । टेकुमा निर्माणाधीन पुलमा पप्पु कन्सट्रक्सनले गम्भीर लापरवाही गरेको भेटिएको छ ।
भर्खरै ढलान भएको ६० मिटर लामो पुलमा त्रुटी भेटिएपछि काठमाडौं दिगो शहरी यातायात आयोजनाले भत्काउन निर्देशन दिएको छ । आयोजनाको प्राविधिक परामर्शलाई अटेर गरी काम गरेको पाएपछि भत्काउन निर्देशन दिइएको आयोजनाका प्रमुख अनन्त आचार्यले अनलाइनखबरसँग बताए ।
आयोजनाकाअनुसार परामर्शदाता कम्पनीले पुल ढलानका क्रममा तारको ज्याकिङ नमिलेको रिपोर्ट दिएको छ ।
पप्पु कन्सट्रक्सन सांसद हरिनाराण रौनियार संस्थापक रहेको निर्माण कम्पनी हो । उसले धेरै पुलको ठेक्का पारे पनि समयमा काम नगर्नेदेखि भएका काम पनि गुणस्तरीय नभएको पाइने गरेको छ ।
अब यसमा टेकु पुल पनि थपिएको छ । झण्डै २० करोड खर्च गरेर बनेका दुबै पुलमा प्राविधिक ‘फल्ट’हरु देखिएका छन् ।
‘पहिलो त निर्माण सामाग्रीहरुको ल्याब टेस्ट नै गरिएन । हामीले पटक(पटक निर्देशन दिँदा पनि टेरिएन’ प्रमुख आचार्यले भने, ‘दुबै पुलको ढलान हामीलाई जानकारी नदिई राता(रात गरियो ।’
पुन निर्माणका क्रममा लापर्वाही भएको ठहर गर्दै आयोगले पत्र लेखेर ढलानको काम रोक्न भनेको थियो । तर, पप्पु कन्सट्रक्सनले काम रोकेर गल्ती सच्याउनुको साटो रातारात ढलान गर्यो ।
आयोजनाले सार्वजनिक सूचनामार्फत जवाफ पनि माग्यो । पुलको पक्की आधार संरचना ९प्रि स्ट्रेस कंक्रिट ग्रिडर र केबलको ज्याकिङ०को निर्माण गुणस्तहीन भएको आयोजनाको ठहर छ ।
आयोजनासँग परामर्श तथा सल्लाह नगरी पुलको डेक स्ल्याब निर्माण गरिएको छ । पटक(पटक चेतावनी दिँदा पनि काम नसुधारेको र झुक्याउने नियतका साथ काम गरेको आयोजनाका अधिकारीहरु बताउँछन् ।
प्राविधिक रुपमा गर्नुपर्ने महत्वपूर्ण काम नै नभएपछि काठमाडौं दिगो शहरी यातायात आयोजना पुल भत्काउनु पर्ने निष्कर्षमा पुगेको हो । ‘हामीले टेकु पुल भत्काउन निर्देशन दिएका छौं । डल्लुको पुलमा पनि समस्या छ । त्यसको प्राविधिक चेकजाँच पनि के गर्नुपर्ने भन्ने तय गर्छौं’ आचार्यले भनेका छन्, ‘पुल बलियो बनेको छैन । यसले चाँडै समस्या आउन सक्छन् ।’
दुबै पुल निर्माणमा पप्पु कन्सट्रक्सनसँगै चिनियाँ कम्पनी पनि जेडआईईसी संलग्न छ । तर, निर्माण काम भने पप्पु आफैंले हेरेको छ ।
आयोजनाले निर्माणाधीन पुल भत्काउन पत्र काटिएपछि पप्पुका सञ्चालकहरुले राजनीतिक दौडधुप सुरु गरेका छन् । आयोजनका अधिकारी भने पप्पु कन्सट्रक्सनले काठमाडौंकै पुल निर्माणमा समेत चरम लापरवाही गरेको भन्दै यसपटक कम्पनीलाई कालोसूचीका राख्ने पक्षमा छन् ।
पप्पु कन्सट्रक्सनले निर्माण गरेको बबई नदीको पुल पनि निर्माण पुरा हुन नपाउँदै भासिएर काम नलाग्ने भएको थियो भने तराईका विभिन्न पुलहरुमा पनि भासिने समस्या देखिएको थियो । ‘ठेकेदारले २ वर्षको काम चार वर्षमा पनि सकाएनन् । त्यही पनि यति लापर्वाही भएको छ’ आयोजना प्रमुख आचार्यले भने,’ केही दिनपछि छलफलमा बोलाएका छौं र कारवाहीको प्रक्रिया थाल्छौं ।’
यो पुल निर्माण्का लागि जुलाई २०१६मा सकिने गरी जुन, २०१४ मा सम्झौता भएको थियो । समयमै काम नभएपछि डिसेम्बर, २०१७ सम्म म्याद थपिएको थियो । २० करोड २३ लाख ७५ हजार ६९२ रुपैयाँ लागतमा काम भइहेको यो आयोजनाअन्तरगत टेकु र डल्लु पुल बनाउनुपर्ने थियो ।
हालसम्म आयोजनामा ६८।८ प्रतिशत प्रगति भएको छ पप्पुले यो कामका लागि १३ करोड ९२ लाख भुक्तानी पाइसकेको छ ।
टेकुमा निर्माणाधीन पुलमा पप्पु कन्सट्रक्सनले गम्भीर लापरवाही गरेको भेटिएको छ ।

No comments:
Post a Comment