आगलागीबाट घर गोठसहित १५ लाखको क्षति - Hamro Khabar

News

Manoranjan Fm 88.1

Post Top Ad

30 May 2018

आगलागीबाट घर गोठसहित १५ लाखको क्षति

जेठ १६, फलेवास, पर्वत, । पर्वत जिल्लाको महाशिला गाउँपालिका–१ होश्राङ्दीस्थित शुभद्रीखर्कमा आज बिहान भएको आगलागीबाट एकै परिवारको रु १५ लाखभन्दा बढीको क्षति भएको छ । 


स्थानीयवासी खरिलाल अधिकारीको गोठबाट सल्किएको आगोले घर र गोठ दुवै सखाप पार्नाका साथै एउटा दुहुनो भँैसेसमेत मरेको छ । कुडो पकाउनका लागि बिहान सल्काएको आगो निभाउन बिर्सिदा सोही आगोले गोठ र घर जलेर नष्ट भएको वडाध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले अधिकारीको परिवार आफन्तकामा आश्रय लिएर बसेको छ । 

आगालागीबाट रु १५ लाख बराबरको क्षति भएको अनुमान गरिएको अध्यक्ष भुसालले जानकारी दिनुभयो । आगालागीमा परी अधिकारीको रु एक लाख ५० हजार नगद, पाँच तोला सुनका गरगहनासमेत नष्ट भएका छन् । खरको छाना रहेका दुवै घरगोठमा आगो सल्किएको हो । बिहान ९ बजे लागेको आगो निभाउनका लागि स्थानीयवासीले प्रयास गरेको भए पनि सम्भव नभएको उहाँको भनाइ रहेको छ । 

पीडित परिवारलाई महाशिलाले तत्कालका लागि खाद्यान्न, लत्ताकपडा लगायतका सामग्रीहरु सहयोग गरेको समेत वडाध्यक्ष भुसालले जानकारी दिनुभयो । जीवनभर कमाएको पैसाले जोडेको पूरै सम्पत्ति आगोले खरानी बनाइदिएपछि अधिकारी परिवार चिन्तित बनेका छन् ।

No comments:

Post a Comment

post to add