अरु जिल्लामा पनि क्रिकेट प्रतियोगिता हुनुपर्छ – शक्ति गौचन - Hamro Khabar

News

Manoranjan Fm 88.1

Post Top Ad

26 May 2018

अरु जिल्लामा पनि क्रिकेट प्रतियोगिता हुनुपर्छ – शक्ति गौचन

सुर्खेत, जेठ १२। कर्णाली प्रदेशमै पहिलोपटक आयोजना भएको कर्णाली प्रिमियर लिग ‘केपीएल’ क्रिकेटमा राष्ट्रिय टिमका खेलाडी समेत १० वटा टोलीले सहभागिता जनाए ।

सुर्खेतमा क्रिकेटको कुनै पनि घरेलु लिग भएको यो पहिलो पटक हो । प्रतियोगिताले सुर्खेतका मात्र नभएर कर्णाली प्रदेशभरिका युवा क्रिकेटरलाई हौसला पनि दिएको छ ।

राष्ट्रिय टीमका खेलाडीहरुले सुर्खेतमा पनि क्रिकेटको माहोल बढ्दै गएकोमा खुशी व्यक्त गरे । नेपाली राष्ट्रिय टीमका स्पिनर शक्ति गौचन नेतृत्वको रुपन्देही ११ टीम केपिएल क्रिकेटमा उपविजेता बनेको छ । गौचनसँग उज्यालो सहकर्मी मुना हमालले गरेको कुराकानी स्

पहिलोपटक सुर्खेतमा आएर क्रिकेट खेल्दा कस्तो लाग्यो रु  
रमाइलो लाग्यो । पहिलोपटक सुर्खेतमा आएर क्रिकेट खेलेर उपविजेता बन्न पाइयो । सुर्खेत, राजा वीरेन्द्रलाई पनि धेरै मन परेको ठाउँ भनेर सुनेको थिएँ, यहाँ घुम्न आउने सोच थियो पहिलोदेखि नै । संयोगले सुर्खेतमा क्रिकेट पनि खेल्न पाउँदा आउन पाउँदा एकदमै खुशी लाग्यो ।

सुर्खेतमा क्रिकेटको माहोल कस्तो पाउनुभयो रु 
सुर्खेतमा क्रिकेटको क्रेज मैले सोचेको भन्दापनि धेरै राम्रो पाएँ । टोलटोलमा सानासाना भाईहरु पनि बाटोमा क्रिकेट खेलिरहेकोे देखें । मलाई विश्वास नै थिएन सुर्खेतमा पनि क्रिकेट यति लोकप्रिय भईसक्यो भनेर । नेपालमा काठमाडौँ, धनगढी, रुपन्देही लगायत ठाउँमा क्रिकेटको धेरै माहोल छ तर अहिले सुर्खेतमा त्यस्तो खालको वातावरण मैले देखें । खेल भइरहदा दर्शकहरु पनि उत्साहित पाएँ । यो राम्रो संकेत हो नि । 

देश संघीयतामा गएपछि पहिलोपटक कर्णाली प्रदेशले केपिएल आयोजना गर्यो । यसले देशको समग्र क्रिकेट विकासमा कस्तो सहयोग गर्ला रु 
यसले राष्टिय खेलाडीलाई भन्दापनि नयाँ प्रतिभालाई बढी सहयोग पु¥याएको जस्तो लाग्छ । राष्टिय खेलाडीहरुसँग खेल्न पाउँदा नयाँ प्रतिभाले ठुलो अनुभव पाउँछन् । एक्सपोजर भनेको त्यही हो । किनकी हामीसँग अहिले प्रशस्त क्रिकेट एकेडेमीहरु छैनन् ।

यस्ता खेलले नै स्टेप बाइ स्टेप खेलाडीको विकासमा सहयोग पु¥याउने हो । बर्षेनी वा मासिक रुपमा कुनै न कुनै प्रतियोगिता भए भने त्यसले स्थानीय प्रतिभालाई ठूलो सहयोग गर्छ ।

मोफसलमा क्रिकेट माहोल त बढेको छ, तर सामान्य चौरमा खेल्नुपर्ने अवस्था छ । सुर्खेतमा पनि तपाइहरुले चौरमै खेल्नुभयो । मोफसलमा क्रिकेटको विकास गर्न के गर्नुपर्ला रु 
हो । सुर्खेतमा रंगशाला भएपनि तर त्यो क्रिकेटका लागि व्यवस्थित छैन । तैपनि क्रिकेट प्रतियोगिता भइरहेको छ । खेलाडीहरुले खेले । दर्शकले क्रिकेटको मज्जा लिए । यसले क्रिकेटको दिगो विकास हुँदैन ।

मुख्य कुरा भनेको क्रिकेट एकेडेमी स्थापना गर्नुपर्यो । जिल्ला जिल्लामा बर्षेनी समिति नै बनाएर क्रिकेट एकेडेमी सञ्चालन नगरेसम्म क्रिकेटको अवस्था यहि हो । यसका लागि विद्यालयस्तरमै क्रिकेटको माहोल सिर्जना गर्नुपर्छ । खेलकुद सामग्रीमा अब क्रिकेट बल, ब्याट, स्टम्प थप्नुपर्छ । आक्कलझुक्कल बर्षको एउटा प्रतियोगिता भएर मात्र पुग्दैन । विद्यालयस्तरमै क्रिकेट प्रतियोगिताको आयोजना गर्नुपर्छ ।

यसकालागि अहिलेकै राष्ट्रिय टिमका खेलाडी नभए पुर्व खेलाडीहरुलाई स्कुलमै क्रिकेट प्रशिक्षकका रुपमा नियुक्त गर्नुपर्छ । जिल्ला जिल्लामा पनि क्रिकेट संघ गठन भएर सक्रिय रुपमा प्रतियोगिता गर्नुपर्यो । सुर्खेतमा पनि रंगशाला अर्थात क्रिकेट खेल्न सक्ने चौर धेरै छन् ।

तिनलाई व्यवस्थित गर्नुपर्यो । यति भयो भने पहिलो पटक आइपिएल खेल्ने सन्दीप लामिछाने जस्ता खेलाडी सुर्खेत लगायतका देशका विभिन्न ठाउँमा कति छन् कति रु तर यसका लागि सबैभन्दा पहिले नेपाल क्रिकेट संघ क्यानको विवाद सुल्झाउनुपर्छ । क्यान नभएसम्म सरकारले पनि योजना मात्रै गरेर पुग्दैन । 

क्यानबाट क्रिकेटका प्रतियोगिता नभएको धेरै नै भयो । निजी क्षेत्रका केही संघसस्थाले मात्रै क्रिकेट प्रतियोगिता गरिरहेका छन् र आक्कलझुक्कलै भएपनि घरेलु प्रतियोगिता भइरहेका छन् । यसलाई के भन्नुहुन्छ रु
सरकारले क्रिकेटको विकासका लागि गर्नुपर्ने जति काम गरेन । क्यानले पनि आन्तरिक विवाद लगायतका कारणले गर्दा केही गर्न सकेन । तर निजी क्षेत्रकै संघसस्थाले गर्दा नेपालमा क्रिकेटको माहोल दिनदिनै बढ्दै गइरहेको छ ।

सुर्खेतले यो राष्ट्रिय स्तरको केपिएल आयोजना गरेर एउटा गतिलो उदाहरण दिएको छ । यस्तै प्रतियोगिता कर्णाली प्रदेशका अरु जिल्लाले किन नगर्ने रु यो फेरी निजी क्षेत्रको एक सहकारी संस्थाले आयोजना गरेको रहेछ ।

सुर्खेतका खेलकुद विकास समिति अनि अरु जिल्लाका खेलकुद सरोकारवालाहरुले अब यस्ता क्रिकेट प्रतियोगिता नगर्ने रु त्यसैले सुर्खेतले यो आयोजना गरेर जुन सन्देश दिएको छ । यसको अनुसरण अरु जिल्लाले पनि गर्छन् ।

र हामी फेरि सुर्खेत आसपासका जिल्लामा पनि क्रिकेट खेल्न आउन पाउँछौँ जस्तो लागेको छ । यस्तो भयो भने राष्ट्रिय स्तरका खेलाडीको प्रदर्शन पनि खस्किदैन । अनि नयाँ प्रतिभाले पनि राम्रो ठाउँ पाउँछन् । 

केपिएलको स्तर चाहिं तपाईले अपेक्षा अनुसारको रह्यो कि रहेन रु किनकी सुर्खेतमा क्रिकेट प्रतियोगिता पहिलो पटक भएको हो रु 
हामी नयाँ खेलाडीको एक्सपोजर पनि हुन्छ भनेर केपिएल खेल्न सुर्खेत आएका हौँ ।  १४ जनालाई छनौट गरेर मैले कप्तानी गर्दै आएका थियौँ । सोेचेजस्तै भयो । राष्ट्रियस्तरका खेलाडीले आफ्नो प्रदर्शन देखाए । अरु राम्रा खेलाडीले पनि राम्रो प्रदर्शन गरे । हामी सुर्खेत आएर खेल्न पाउँदा सबैभन्दा बढी त्यसैमा खुशी छौँ । सन्तुष्ट छौँ । 

तपाई आफ्नो ब्यक्तिगत प्रर्दशनबाट कतिको खुशी हुनुहुन्छ नि रु
खुशी छु । मैले सकेजति राम्रै गरे जस्तो लागेको छ । टिम रुपन्देही ११ को कप्तानको  हिसाबले पनि प्रदर्शन राम्रै गरें भन्ने लाग्छ । सबै खेलाडीको प्रदर्शनले फाइनल पुग्यौ । तर फाइनल जित्न सकेनौँ । यद्यपी प्रतियोगिताभरि हामीले उत्कृष्ट खेल्यौं । त्यो सुर्खेती क्रिकेटप्रेमीले पछिसम्म पनि हामीलाई सम्झिरहनेछन् ।

No comments:

Post a Comment

post to add