४ जेठ, काठमाडौं । नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल० मा आज आफ्नो दोस्रो खेल खेल्दै छन् । दिल्लीले चेन्नई सुपर किंग्सविरुद्ध सन्दिपलाई मैदान उतार्ने पक्का गरेको छ ।
पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेलेका सन्दिपले आफ्नो बलिङले प्रभावित पारेका थिए । ४ ओभर बलिङ गरेका उनले २५ रन खर्चेर एक विकेट लिएका थिए । जसमा दिल्ली ५ विकेटले पराजित भएको थियो ।
१२ खेलमा ३ खेल मात्र जितेको दिल्ली अंक तालिकाको पुछारमा रहेर पहिलो चरणबाटै बाहिरीसकेपनि सन्दिपले आफूलाई प्रमाणित गर्ने मौका भने पाएका छन् ।
दिल्लीको प्रतिष्ठा गाँसिएको खेलमा चेन्नईविरुद्ध राम्रो गर्न सके सन्दिपले आगामि अवसरको ढोका खोल्ने छन् । १२ खेलमा ८ खेल जितेको चेन्नई अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।
अहिलेसम्म भएका १७ खेलमा दिल्ली ५ र चेन्नई १२ पटक विजयी भएका छन् ।
यसअघि चेन्नईसँग भएको खेलमा दिल्ली १३ रनले पराजित भएको थियो । जसमा सेन वाट्सन र महेन्द्र सिंह धोनीले अर्धशतक बनाएका थिए ।
यो सिजन १२ इनिङमा १६२।५९ को स्ट्राइकर रेटमा ४१३ रन बनाएका धोनीको ब्याटिङ लेगस्पिन सामु राम्रो छैन । लेग स्पिनरलाई उनले ६८ बलमा ८७ रन हानेका छन् । तीन पटक उनी लेग स्पिनरकै बलिङमा आउट भएका छन् ।
यसैले र्फममा रहेका धोनीविरुद्ध सन्दिप लामिछाने भारी पर्न सक्छन् ।
Post Top Ad
Subscribe to:
Post Comments (Atom)
https://www.facebook.com/bizaan.shrestha.9

No comments:
Post a Comment